एनआईसी एशिया बैंकको कामु सीईओमा रोशनकुमार न्यौपाने नियुक्त

  २०७४ चैत २ गते १९:०९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । शुक्रबार (आज) बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकका सहायक सीईओ न्यौपानेलाई कामु सीईओमा नियुक्त गरेको हो ।

नवनियुक्त कामु सीईओ न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशियालाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा रहेका छन् ।

न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ्ग सेवामा उत्कृष्टता हासिल गर्ने बैंकको विश्वास रहेको छ ।

साथै, सोही बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामालाई स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.