महिन्द्राको नमुना वर्कसप हेटौडामा, अत्याधुनिक सेवा सुविधा दिने 

  २०७४ चैत २ गते १८:५६     विकासन्युज

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले हेटौडामा एउटा नमुना वर्कसपको निर्माण गरि सञ्चालनमा ल्याएको छ । उक्त वर्कसप साना र ठुला गाडीहरुका लागी उपयुक्त हुने छ ।

 

दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको विश्वासीलो साथ र सहकार्यमा अगाडी बढेको महिन्द्राको सोही वर्कसपको उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड़ (प्रवन्ध निर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्यका गलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि.) ले संयुक्त रुपमा गरेका छन् ।

ग्राहकहरुलाइ थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजनाअन्तर्गत नै सो वर्कसपको निर्माण गरीएको हो । सोही वर्कसप ६८०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । जँहा सात वटा सर्वीस वे सहीत ६०० बर्ग फीट क्षेत्रफल पार्कीङ्गका लागी, ३०५० बर्ग फीट गाडीहरु वासीङ्गका लागी, अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्ने भएको छ ।

आधुनिक मर्मत कार्यलाइ प्राथमिकता दिँदै यस वर्कसपमा ग्राहाकहरुका लागी ठुलो लाउन्ज, ड्राइभर रीटाइरीङ्ग लाउन्ज र लकरको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।हाल महिन्द्रको २० वटा शाखा कार्यालय, २८ सर्वीस सेन्टर रहेका छन् । यसका साथै, कम्पनी थप अझ अरु महिन्द्रका सेवा सुविधाका संरचना निर्माणका लागी लागी परेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.