आइएमइ मोटर्सद्धारा अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद

  २०७४ चैत २ गते १८:४३     विकासन्युज

काठमाडौं । आइएमइ ग्रुप अन्तर्गतको आइएमइ मोटर्स प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको लोकप्रिय अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद गरेको छ । कम्पनीले सो मात्राको बस खरिद गर्ने सम्बन्धमा साझा यातायातसँग सम्झौता गरेको छ ।

बिहीबार सम्पन्न उक्त सम्झौतामा साझा यातायातका तर्फबाट निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे र आइएमइ मोटर्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीबीच सम्झौता पत्र आदान–प्रदान भएको थियो । सो अवसरमा अशोक लेलैण्ड, इन्डियाका प्रतिनिधिकन्ट्री मेनेजर टोनीगुइन पनि उपस्थित थिए ।

भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेलैण्ड भारतको नं. १ बस बनाउने कम्पनीमध्ये एक हो । भारतका साथसाथै अशोक लेलैण्डको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ । अशोक लेलैण्डका बसहरु वातावरण मैत्री तथा अपाङ्ग मैत्री रहनेछन् ।

कार्यक्रममा आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने “अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा अरब्यान ट्रन्सपोर्टको कोशेढुङ्गा साबित हुनेछन् । साझा यातायातद्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिका भित्र सञ्चालन गरिनेछन् जसका कारण निजि सवारी साधन प्रयोग घट्ने र ट्राफिक समस्या कम हुने छ” । साथै उनले उक्त गाडीहरु काठमाडौं भित्रिएपश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने समस्या हट्ने बताएका छन् ।

अशोक लेलैण्डको नेपालका लागि अधिकारिक बिके्रता आइएमइ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.