सातौं स्थानको लागि नेपालले भोलि नेदरल्यान्डसँग भिड्ने

  २०७४ चैत २ गते १८:२३     विकासन्युज

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपालले सातौं स्थानको लागि भोली (शनिबार) नेदरल्यान्डसँग भिड्ने भएको छ ।

जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि नेदरल्यान्डको सामना गर्ने भएको हो ।  जिम्बामेमा हुने खेल नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

प्रतियोगितामा नेपालले पपुवान्यूगिनीलाई ६ विकेट र हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.