विस्तार हुँदै नेपाल व्यवस्थापन संघको दायरा

  २०७४ चैत २ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघको १८ औं प्रवन्ध समिति तथा च्याप्टरका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । टोलिको प्रतिनिधित्व संघका सभापति सुशिल भट्टले गरेका थिए ।


भेटको क्रममा अर्थमन्त्रीले प्रान्तिय संरचनामा नेपाल सरकारको नीतिनिर्माणमा सरकारलाई सघाउनु पर्ने बताएको जनाइएको छ । संघका सभापति सुशिलभट्टले वर्तमान परिप्रेक्ष्यमा नेपाल व्यवस्थापन संघले आफ्नो दायरालाई फराकिलो बनाउँदै लगेको जानकारी दिए । विभिन्न प्रदेशहरुको सामाजिक–आर्थिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अर्थमन्त्रीलाई उनले विश्वास दिलाए । थालनी स्वरुप संघको ३७ औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा सोसियो इकोनोमिक डेभलपमेण्ट इन द फेडरल स्ट्रक्चर विषयमा वृहत छलफल लगायतका कार्यक्रमहरु गरेको जानकारी दिए ।

नेपाल सरकारका सम्बन्धित मन्त्रालय, युएनडिपी लगायतसँग साझेदारी गरी सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पु¥याउने संघका कार्यकारी निर्देशक यादवप्रसाद पौड्यालको भनइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.