मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल, जेठदेखि कार्यभार सम्हाल्ने

  २०७४ चैत २ गते १५:३६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पोखरेललाई आगामी चार वर्षको लागि बैंकको सीईओको रुपमा नियुक्त गरेको हो ।

प्रद्युमन पोखरेल, सीईओ, मुक्तिनाथ विकास बैंक

नवनियुक्त सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नेछन् ।

विभिन्न वाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरेका पोखरेल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर शुरु गरेका थिए । उनले करिब १९ वर्ष नबिल बैंकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । त्यसपछि मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।

यस बैंकको स्थापना कार्यकालदेखि नै सीईओमा भरतराज ढकाल रहेका थिए । ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा समाप्त हुँदै छ । सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.