कैलाश विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

  २०७४ चैत २ गते १४:४५     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुले एकद्धार सेवा प्रणालीमार्फत निर्जिवनबीमा सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार(आज) उक्त इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखामार्फत कैलाश विकास बैंकका ग्राहकहरुले बैंकका जुनसुकै शाखाबाट सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.