प्रभु लाइफ इन्स्योरेन्सले एकैसाथ खोल्यो थप ४ नयाँ शाखा

  २०७४ चैत १ गते १७:३९     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले एकैसाथ थप चार नयाँ शाखा कार्यालयहरुको संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ललितपूर, कलंकी, बानेश्वर र बनेपा शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको छ ।

नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनले एक कार्यक्रमकाबीच ललितपूर शाखा र कम्पनीका संञ्चालक नरेश बहादुर मल्लले कलंकी शाखा कार्यालयको उद्घाटन गरेका छन् । त्यसैगरी, कम्पनीका संस्थापक सेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा र कम्पनीकै संस्थापक सेयरधनी तथा सांग्रिला विकास बैंकका सीईओ राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रभु बैंकका सीईओ शेरचनले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य रहेको यस कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् ।

आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु विस्तार गर्दै जाने बताएको छ । साथै, कम्पनीले छिट्टै गंगबु तथा नारायणगढ शाखाहरु संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

इन्स्योरेन्सले यस अघि नै ताहाचल, वीरगंज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुर शाखा कार्यालयहरुबाट कारोबार संचालन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.