आइएमई र मुथुत फाइनान्सबीच भारत-नेपाल रेमिटेन्स सेवा शुरु

  २०७४ चैत १ गते १६:०९     विकासन्युज

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सले भारत-नेपाल रेमिटेन्स सेवा शुरु गर्ने भएका छन् । यी दुई कम्पनीले बुधबार(आज)देखि उक्त सेवा शुरु गरेका हुन् ।

नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्सिर महिनामा रेमिटेन्स सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा आइएमईका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेल र मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोनले हस्ताक्षर गरेका थिए ।

यस सेवाको शुरुवातसँगै भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्धारा सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

साथै, नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिङ साझेदार संस्था हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.