खानेपानीको पाइप घर घर पुग्न सकेन

  २०७४ चैत १ गते १५:५५     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तार गर्दा सम्पुर्ण घरलाई समेट्न नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।


काठमाडौं महानगरपालिकाको वडा न २८ अन्तर्गत सबै घरमा मेलम्चीको पाइप पुग्न नसकेको हो । स्थानीयबासी मन बहादुर खड्की हरी, खड्की, बालकृष्ण पाण्डे लगायतका घरमा मेलम्ची खानेपानीको विस्तार हुन नसकेको हो ।

मेलम्ची खानेपानीका लिला प्रसाद ढकालले अहिले खाइरहेको खानेपानीको बिल नतिरेको भएमा त्यस्ता घरमा पाइप नजोडिने बताए । यदि कुनै प्रविधिक कारणबाट पाइप नपुगेको भएमा पीडीआईको कार्यलयमा सम्पर्क गर्न सक्ने ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.