अखिल महासचिवमा वसिम आलम

  २०७४ चैत १ गते १३:१३     विकासन्युज

काठमाडौं । अनेरास्ववियु पुनर्गठनको बहस शिखरमा पुगेका बेला महासचिवमा भने वसिम आलमको चर्चा बढेको छ ।

उनी अनेरास्ववियु केन्द्रिय कमिटी सचिवका साथै प्रदेश नम्बर १ का इञ्चार्ज पनि हुन् । अल्पसंख्यक मुस्लिम समुदायका प्रतिनिधी समेत रहेका उनलाई अनेरास्ववियु भित्र वौद्धिक व्यक्तित्व मानिन्छ ।

प्रदेश नम्बर १ को इञ्चार्ज बनेपछि उनले त्यहाँ संगठनलाई गुट भन्दा माथी उठाएर बिधिमा सञ्चालनको प्रयास गरिरहेका छन् । लामो समयदेखि सम्मेलन हुन नसकेको झापा जिल्लाको सम्मेलनलाई त्यसकै उदाहरण मान्न सकिने अखिलकै कार्यकर्ताहरुको दावी छ ।

मिलनसार, वौद्धिक र सन्तुलनकारी भूमिका प्रस्तुत हुने आलमले प्रदेश नम्बर १ मा गुट न्युनीकरणमा ठुलो योदान दिँदै आएका छन् ।

हाल सात वटा प्रदेशमध्ये एक नम्बर प्रदेश नै सबै भन्दा सक्रिय रहेको अनेरास्ववियु भित्रै चर्चा हुने गरेको छ । गुटगत असन्तुलन मिलाएर संगठनलाई बिधीबाट सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्ने आलमलाई पार्टी अध्यक्ष केपी ओली देखि बरिष्ठ नेता माधव नेपालसम्मले विश्वास गर्ने बताइन्छ ।

उनलाई महासचिव बनाउन सकिए संगठनमा चरम गुटबन्दी न्युनिकरणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.