पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवनमा, चैत २३ देखि शुरु

  २०७४ फागुन ३० गते १८:१७     विकासन्युज

काठमाडाै‌ । भरतपुर महानगरपालिका स्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा चैत २३ देखि २७ गतेसम्म पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ हुने भएको छ । उक्त प्रदर्शनी नेपाल उद्योग परिसंघको संस्थागत सदस्य संस्था चितवनले आयोजना गर्ने भएको हाे ।

परिसंघको अध्यक्ष हरिभक्त शर्माले प्रदर्शनीमा विभिन्न उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन हुनको साथै क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र अन्तरक्रिया हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त औद्योगिक प्रदर्शनी बारे उनले जानकारी दिएका थिए ।

‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन’ नारासहित सञ्चालन हुन लागेको सो प्रदर्शनी बारे प्रकास पार्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्रको द्रुततर विकासबाट मात्र देश आर्थिक रुपमा समुन्नत हुने बताए । प्रदर्शनी स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धन गर्दै भरतपुर क्षेत्रलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने लक्ष्य लिएर गर्न लागिएको उनको भनाइ थियो ।

आयोजकका अनुसार प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मुर्तिकला लगायत वस्तुहरुको स्टल रहनेछन् । २५० भन्दा बढी स्टलहरु रहने सो प्रदर्शनीमा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.