सेञ्चुरी कमर्सियल बैंकको १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ८ अर्ब ६ करोड नाघ्यो

  २०७४ फागुन ३० गते १७:१५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १० प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने कम्पनीकाे प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त बोनस पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

चालु आवको पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ५२ अर्ब १७ करोड रुपैयाँ र कर्जा रकम ४७ अर्ब ०२ करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा कम्पनीले ३९ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा र ३२ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.