यस्ता छन् इञ्जिनियरका देश बनाउने ६ सुत्र

  २०७४ फागुन ३० गते १०:३५     प्रकाशभक्त उपाध्याय

प्रकाशभक्त उपाध्याय, सिनियर डिभिजनल इञ्जिनियर

काठमाडौं ।
१) देशलाई समृद्ध बनाउन पहिलो कडि भनेको निकासी बृद्धि हो । त्यसका लागि राज्यको ब्राण्ड नाम राखौ, त्यो हो ‘हिमालय’ । र, राज्यबाट गुणस्तर सुनिश्चित गर्नका लागि प्रयोगशालाहरू निर्माण गरिनुपर्छ ।  तब, हिमालयको मह, हिमालयको ट्राउट, हिमालयको पानी, हिमालयको कुखुरा अनि हिमालयको किवी उत्पादन गरेर संसारभर हिमालय ब्राण्डमा निर्यात गरौं । त्यस्ता उत्पादनहरुलाई मिठो, रूचीकर र प्रख्यात बनाऔं । ।

२) ढुङगां बेचौँः विगतमा बेचेको तालले हैन ढुगांको औद्योगिक तरीकाले उत्पादन गरौँ । ढुंगाका आकार र प्रकार अनुसार ढाँचा तयार पारौं । त्यसै गरी समग्रतामा पत्थरहरुको निर्यात योजना बनाऔं । आकर्षक प्याकिङ गरौँ । प्याकमा हिमालयबाट आयातित पत्थर भनेर लेखौं । एलएए, एआइभी, एसीभी लगायतका एग्रिग्रेटका फिजिकल प्रपर्टीहरु समेत लेखौं र राम्रो मूल्यमा बेचौं ।

३) शक्ति (इनर्जी) को उत्पादन र बिक्रि व्यबस्थापन गरौँ । सोभियत सत्ता र विद्युतिकरणलाई समाजवाद भनिन्थ्योे भ्लादिमिर इल्यिच लेनिनका पालामा । प्रविधिको बिकास हुँदै जाँदा हाम्रो नेपालमा २ प्रकारका शक्ति प्रसस्त देखिन्छन् । विद्युतिय र आणविक शक्ति !!! यसकारण, विद्युत परियोजनाहरुको विकास गरौँ र प्रसस्त उत्पादन गरौँ । यूरेनियम प्रसोधनको लागि आवश्यक कार्यहरुको विकास गरौँ ।

४) डिजाइन, परामर्श र परियोजना कार्यान्वयन संस्थाको जिम्मेवारी बाढ्न सकिन्छ । कन्ट्रोल प्रणालीलाई दह्रिलो बनाऔं । परियोजना कार्यान्वयन क्षेत्रमा कुनै समस्या आएमा संकटकाल लगाउन सक्ने व्यवस्था गरौं ।

५) मध्य पहाडी लोकमार्गको निर्माण सम्पन्न गरी मध्यपहाडी लोकमार्ग देखी पूर्व पश्चिम लोकमार्ग सम्मका सवै सडकहरुलाई कम्तीमा २ लेनको सडकको रुपमा विस्तार गरौ । मध्यपहाडी लोकमार्ग देखी उत्तर तर्फ चिनको नाका जोडीने सडकहरू पनि २ लेनको बनाऔँ । मध्यपहाडी बिद्युतिय तथा संचार मार्गको विकास गरौँ । मध्य पहाडमा १० बटा शहरको स्थापना गरौँ ।

६) जमिनको उपयोगिता अनुरूपको बाँडफाँड गरौँ । अनधिकृ प्लटीङ बन्द गरौँ । अतः देशको उत्पादन बढ्ने छ र विकासको पथमा लम्कनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.