राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ बजे हुने

  २०७४ फागुन २९ गते २३:३४     विकासन्युज

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको हो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीसद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.