दुई वर्षमा नेपाली अर्थतन्त्रको आकार ३६ खर्ब हुने, आर्थिक वृद्धिदर आशा भन्दा आधा हुने

  २०७४ फागुन २९ गते २१:०४     विकासन्युज

काठमाडौं । दुई वर्षपछि नेपालको कुल ग्राहस्थ (जीडीपी) उत्पादन ३६ खर्ब १६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । मंगलबार विश्व बैंकले सार्वजनिक गरेको ‘सिस्टमेटिक कन्ट्री डाइनोस्टिक’ प्रतिवेदनमा सन् २०१७ मा २५ खर्ब ९९ अर्ब रहेको जीडीपी सन् २०१८ र २०१९ मा क्रमशः २८ खर्ब ८४ अर्ब र ३२ खर्ब ४० अर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

उक्त प्रतिवेदनमा आर्थिक वृद्धि दर सन् २०१८, १९ र २० मा क्रमशः ४.६, ४.५ र ४.२ मात्र हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकले गरेको प्रक्षेपण नेपालीले गरेको अपेक्षाको झण्डै आधा मात्र हो । स्थीर सरकार बनेको, केन्द्र, प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकार बनेको बेलामा आर्थिक वृद्धि दुई अंकको हुने सक्ने आशा नेपालीमा पलाईरहेको बेला विश्व बैंकले आशा गरेको भन्दा आधा दरको वृद्धि हुने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.