फक्सवागनले ल्यायो स्प्रिङ एक्स्चेञ्ज अफर, फ्री समानदेखि फाइनान्ससम्मकाे सुविधा

  २०७४ फागुन २९ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले स्प्रिङ एक्स्चेञ्ज अफर ल्याएको छ । सवारी साधान पारखीहरुलाई ध्यानमा राखेर कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।


कम्पनीले जर्मन प्रविधिको मास्टरपिस गाडीहरु प्रस्तुत गरेकोछ । त्यस्तै कम्पीको एक्स्चेन्ज अफरअन्तर्गत फ्री सामान, नगद छुट, फाइनान्स सुविधा तथा दुई वर्षसम्मको लागि असीमित किलोमिटरको वारेन्टी लगायत उपलब्ध गराएको छ । उक्त एक्स्चेञ्ज अफर १४ मार्च (बुधबार) देखि २० मार्च सम्म संचालनमा आउने जनाइएको छ ।

बसन्तऋतुको आगमनले खुशीयाली र उमङ्ग बोकेर आएजसरी नै ग्राहकहरुलाई खुशी प्रदान गरेर वहाँहरुलाई अनुपम अनुभूती दिलाउनको हामीले उक्त अफर ल्याएका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विवेक बिजुक्छेले भने ।

फक्सवागनका कम्प्याक्ट, एसयुभि, साना र मझौलाखा किसिमका यात्रुवाहक कारहरु विभिन्न साइजका बजारमा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.