अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब पठाउदै

  २०७४ फागुन २९ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ ।

तरलता कम भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्नका लागि बुधबार रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो ।

अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपोमार्फत थप रकम पठाउने गर्छ । बैंकिङ प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

रिपोका ब्याजदर ५ प्रतिशत रहेको छ । दुई सातका लागि ल्याइएको रिपो आउदो फागुन १४ गते परिपक्व हुनेछ । केही महिनाअघि अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले पटकपटक रिपोमार्फत बजारमा अर्बौ रुपैयाँ पैसा पठाएको थियो ।

ब्याजदर करिडोर अन्तर्गत १४ दिने रिपो बोलकबोलमार्फत ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत २५ अर्ब २८ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत बजारबाट केन्द्रीय बैंकले पैसा उठाउछ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.