शाइन रेसुङ्गाको ३६५ दिने बैंकिङ्ग सेवा शुरु, सार्वजनिक बिदामा पनि बैंक खुल्ने

  २०७४ फागुन २९ गते १८:१०     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकलाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ३६५ दिन नै बैंकिङ्ग सेवाको शुरु गरेको छ । अब यस बैंकका ग्राहकहरुले सार्वजनिक बिदाको दिन समेत बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत ग्राहकहरुले यस बैंकको जुनसुकै शाखामा रहेको खातामा रकम जम्मा गर्न र जुनसुकै शाखा कार्यालयको खाताबाट रकम झिक्न सक्नेछन् । बैंकले पहिलो चरणमा रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क र प्यूठान जिल्लाकोे विजुवारमा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ । साथै, भविष्यमा अन्य शाखा कार्यालयहरुबाट समेत यो सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको बैंकको निक्षेप परिचालन १२ अर्व ४१ करोड, कर्जा लगानी ११ अर्ब ३ करोड रुपैयाँ रहेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल ३२ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ । साथै, कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा कार्यालय सञ्चालनको अन्तिम तयारी गरिरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.