प्रहरी हवल्दार कुलबहादुर बिसी १ लाख ६० हजार घुस रकमसहित पक्राउ

  २०७४ फागुन २९ गते १८:०२     विकासन्युज

काठमाडौं । प्रहरी चौकी पाखापानी म्याग्दीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर बिसी घुष रकमसहित पक्राउ परेका छन् ।

बिसी सेवाग्राहीलाई नेपाल प्रहरीको जवान पदमा भर्ना गराइदिने बहानामा सेवाग्राहीसँग १ लाख ६० हजार घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

बिसीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कारवाहि प्रक्रिया अघि बढेको अख्तियार दुरुपयोग अनुसन्धानले जनाउको छ ।

उनीमाथी जरिवाना र कैद सजाय हुन मागदाबी सहित मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.