नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न अनुमति पायो, ३० करोड १९ लाखको सेयर आउदै

  २०७४ फागुन २९ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।

कम्पनीले साविकका सेयरधनीलाई ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउदो असारसम्म कम्पनीले चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.