विमान दुर्घटनाप्रति संघ स्तब्ध, पर्यटनलाई नकारात्मक प्रभाव पर्न नदिन माग

  २०७४ फागुन २९ गते १६:४२     विकासन्युज

काठमाडाैं । सोमबार करिब सवा २ बजे बंगलादेशबाट नेपाल आएको युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हुन गएको दुर्घटनाले होटल संघ नेपाल तथा यस संघका समस्त सदस्यहरु स्तब्ध र मर्माहत भएका संघका अध्यक्ष अमरमान शाक्यले जनाएका छन् ।

उक्त दुर्घटनामा पर्यटन व्यवसायी, पर्यटक, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरुको दुःखद निधन भएकोमा संघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनामा परी घाइते भएका सम्पूर्णहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नियमित रुपमा हुने गरेको यस किसिमको दुर्घटनाले विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकहरुलाई नकारात्मक प्रभाव पर्न गई पर्यटक आवागमनमा कमी आउने हुनाले पर्यटकहरुमाझ विश्वशनीय वातावरण सुनिश्चितताका लागि संघले सरकारसँग माग गरेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.