इन्भेष्टर्स फोरम तातेपछि सेयर बजारमा सुधार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको काराेबार

  २०७४ फागुन २९ गते १५:३०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सोमबार सेयरधितो कर्जा सीमा बढाउन सरकारसँग माग गरेपछिको मंगलबारको सेयर बजारमा सुधार भएको छ । फोरमले सेयर बजार निरन्तर घट्दै गएपछि सोमबार सेयरधितो कर्जा सीमा बढाउन माग गरेको थियो ।

खुलेदेखि नै सुधारको संकेत देखिएको मंगलबारको सेयर बजार अन्तत हरियो नै भएर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४.८९ अंकले उकालो लागेर १२८१.९० अंकमा पुगेको छ ।

कुल १५६ कम्पनीको २३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२० रुपैयाँ रहेको छ । त्यसैगरी, नबिल बैंक, यूनिलिभर नेपाल र एभरेष्ट बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बजारमा कारोबारमा आएका ३ समूह बाहेक अन्य बाँकी समूहको सूचक हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ६१ अंकले उकालो लागेको छ भने सबैभन्दा बढी उत्पादनमूलक समूह ३२ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.