नेपाली अदुवा पहिलाे पटक युरोप निर्यात हुँदै, इटालियन व्यवसायीले किन्ने

  २०७४ फागुन २९ गते १५:४६     पृथराज थेगिम

काठमाडौं । नेपाली अदुवा अब युरोपमा पनि निकासी हुने भएको छ । युरोपको इटालीका व्यवसायीले नेपाली अदुवा खरिद गर्न लागेका हुन् । भारतले विभिन्न वाहानामा अदुवा निकासी रोक्न थालेपछि नेपाली व्यवसायीले इटालीमा अदुवा निकासीका लागि पहल थालेका हुन् । इटालीका व्यवसायीले अदुवाप्रति चासो देखाउदै केही दिनभित्रै अदुवाको खरिदका लागि नेपाल आउने भएका छन् ।

इटालिका व्यवसायीले अदुवा खरिदका लागि चासो देखाएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले बताए । उनका अनुसार पछिल्लो समय थोरै भएपनि अन्तर्राष्ट्रिय बजारमा नेपाली अदुवाको प्रसार प्रचार भएको कारण इटलीका व्यापारीहरुको ध्यान नेपाली अदुवाप्रति तानिएको हो । ‘ती व्यापारीहरुसंग नेपाली अदुवाको निर्यात सम्बन्धमा विस्तृत छलफल हुनेछ,’ उनले भने ‘नेपाली अदुवा पहिलो पटक इटाली पुग्ने छ ।’ इटाली निर्यातका लागि इलाम जिन्जर एक्स्पोर्ट प्रालिले तयारी गरिहेको कम्पनीकाे सञ्चालक समेत रहेका उनले जानकारी दिए । ‘यो नेपालको लागि सुखद अवसर हो,’ उनले भने ।

संघकोअनुसासर हालसम्म नेपालबाट भारत र बंगलादेश अदुवा निर्यात हुदै आएको छ । गएको तीन महिनाअघिदेखि मात्र बंगलादेशमा नेपाली अदुवा निर्यात हुन थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नेपाली अदुवाको सम्भावना राम्रो भएपनि सरकारले अझै पनि अदुवाको बजारीकरणमा ध्यान पुर्याउन सकेकाे छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.