स्प्रेडदर ५ प्रतिशत नाघेका बैंकका लगानीकर्ताले लाभांश नपाउने

  २०७४ फागुन २९ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले औसत ब्याजदर अन्तर (स्प्रेड) ५ प्रतिशत बढी हुने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाएको छ ।

केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी स्प्रेडदर ५ प्रतिशत भन्दा बढी भएमा कारावाही गर्न लागेको हो । केन्द्रीय बैंकले बोनस सेयर र नगद लाभांश वितरणमा बन्देज लगाउने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाले स्प्रेडदर तोड्न लागेपछि केन्द्रीय बैंकले लगाम लगाएको हो ।

सीमा भन्दा बढी स्प्रेडदर भएका बैंक तथा वित्तीय संस्थाले कार्यालय नभएका स्थानीय तह बाहेक अन्य स्थानमा शाखा विस्तार गर्न बन्देज लगाउने भएको छ । यस्तै भूकम्प पीडितलाई बाहेक अन्यलाई पुनर्कर्जा सुविधा दिन बन्देज लगाउने भएको छ ।

कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) रेसियो दैनिक अनुगमन गरिने तर महिनाको अन्त्यमा पनि ८० प्रतिशत कटेमा हर्जाना लगाउने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक महिनाको १ देखि मसान्तसम्म विदा बाहेक सीसीडी रेसियो निर्धारण गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिवद्धता जनाएको क्षेत्रमा चालु आर्थिक वर्षभित्र शाखा खोल्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.