रसुवाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडियो, स्काभेटर र डोजर खरिदमा सांसदकाे व्यक्तिगत लगानी

  २०७४ फागुन २९ गते १४:४७     विकासन्युज

काठमाडौं । रसुवा जिल्लाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको छ। रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाको गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको हो।

रसुवा जिल्लाका सबै स्थानलाई सडक सञ्जालमा जोड्ने अभियान स्वरुप सांसद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि गत माघ २७ गते जिल्लालाई उपलब्ध गराएका थिए।

गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडकको लम्वाई ३ किलोमिटर रहेको छ। रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान अन्तर्गत हाल सम्म ७ किलो मिटर ग्रामिण सडक निर्माण भैसकेको छ। यस अघि कालीका गाँउपालिकाको लामाटोल देखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो।

बाटो निर्माणका लागी स्काभेटर र डोजर संञ्चालन गर्न आवश्यक ईन्धनको व्यवस्था उपभोक्ता समितिले गराएको थियो। अब सो मेसिनले पार्वतीकुण्ड गाँउपालिकाको हाकुलाई सडक सञ्जालसँग जोड्न बाटो खन्ने काम शूरु गर्ने सांसद आचार्यले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.