एनआईसी एशियाको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ बन्द हुँदै, चैत २ गतेसम्म मात्र खाता खोल्न सकिने

  २०७४ फागुन २९ गते १२:२५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले हाल सञ्चालन गरिरहेको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ योजना बन्द हुने भएको छ । बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको उक्त दुई योजनाहरु आगामी चैत २ गतेदेखि बन्द गर्न लागेको हो ।

बैंकले नेपाल बैंकर्स संघसँग सहमति गरेपछि उक्त अधिकतम ब्याज दिने योजना बन्द गर्न लागेको हो । बैंकले धनवर्षा मुद्दती खातामा वार्षिक १२ प्रतिशत ब्याज र समुन्नतिप्लस बचत खातामा १० प्रतिशत ब्याज दिँदै आएको थियो ।

मंगलबार बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजनाले आमजनतामा अत्यन्त लोकप्रियता हासिल गरेको थियो । तर विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीले हामीले यो योजना शुक्रबारदेखि बन्द गर्दै छौं ।’ साथै, समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गर्दै जाने बैंकले जनाएको छ ।

त्यस्तै, जनउत्तरदायीएवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकाबीच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले उक्त निर्णय गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.