कैलाश विकास बैंकको ४४औं शाखा विराटनगरमा, थप दुई जिल्लामा खोल्ने तयारी

२०७४ फागुन २८ गते १७:२१ विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४४ औँ शाखा मोरङ्ग जिल्लाको विराटनगरमा स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकले उक्त शाखाबाट सोमबारदेखि कारोबार शुरु गरेको हो ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४४ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताएका छन् ।

हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पौष मसान्तमा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ ।