डाइनाप्याकका परिमार्जित सडक निर्माण उपकरण बजारमा

  २०७४ फागुन २८ गते १६:३१     विकासन्युज

काठमाडौं । सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । डाइनाप्याकका आधिकारिक वितरक नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जीनियरिंग कर्पोरेशन (एनसीइसी) ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो ।


नेपालमा आफ्ना उत्पादनको बिक्री सुरु गरेको १० वर्षको अवसरमा कम्पनीले डाइनाप्याकका परिमाजित उपकरण भित्र्याएको जनाएको छ ।

कम्पनीले सन् २००८ देखि नेपाली बजारमा डाइनाप्याकका औजारहरु उपलब्ध गराउदै आएको बताएको छ । मुलुकभर रहेका बिक्री र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्री बितरण गरिने जनाएको छ ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए । ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ,’ उनले भने । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमा उत्पादन भएका उक्त प्लाण्टहरु नेपाली बजारमा उपलब्ध भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.