कुमारी बैंकले गर्याे अत्याधुनिक कोर बैंकिङ सफ्टवेयरको सुरुवात

  २०७४ फागुन २८ गते १५:५३     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर बैंकिङ(सीबीएस) सफ्टवेयर फिनाकल–१०.२.१९ सेवाको सुरुवात गरेको छ । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले उक्त नयाँ प्रविधि भित्र्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेन्द्र भण्डारीले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेर खरिद गरेको बताए । बैंकहरुमध्ये कुमारी बैंक फिनाकल प्रविधिको पछिल्लो संस्करण (सीबीएस) प्रयोग गर्ने पहिलो बैंक भएको उनले जानकारी दिए ।

उनका अनुसार सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फसाइस इण्डीयासँग सम्झौता गरिएको थियो । ‘विगतदेखिनै देशको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमका निर्वाह गरेको छ,’ उनले भने ‘यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङ सेवा सुरुवात गरेको थियो ।’

बैंकको डेपुटीसीईओ उमेशसिंह भण्डारीले वर्षदिन लाग्ने उक्त सफ्टवेयर बैंकले अत्यन्त छोटो अबधि ५ महिनामै प्रयोगमा ल्याउन सफल भएको बताए । ‘यति छिटो समयमा नयाँ प्रविधि फिनाकल सफ्टवेयर सफलतापूर्वक कार्यान्वयन ल्याउनेमा विश्वका बैंकमध्ये नेपाल पहिलो हो,’ उनले भने ‘बैंकभित्र भएको दक्ष जनशक्तीको प्रयत्नले यो सम्भव भएको हो ।

बैंकको अनुसार फिनाकल प्रविधि संसारभरी चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर मध्ये एक हो । हाल सो प्रविधि विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.