जगदम्बा स्टील्सद्धारा इटहरी र विराटनगरमा टेक्निकल मिट सम्पन्न

  २०७४ फागुन २७ गते १६:५२     विकासन्युज

काठमाडौं । शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टील्सले पुनः इटहरी र विराटनगरमा टेक्निकल मिटको आयोजना गरि सम्पन्न गरेको छ । संस्थाले हालै उक्त स्थानमा एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धि आफ्नो टेक्निकल मिटको सम्पन्न गरेको हो ।

एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको संस्थाले जनाएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ ।

यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पियजोखिम तथा सम्भावनायुक्त नेपालका लागि उपयुक्त रहेको छ । यसले भुकम्पीय जोखिमयुक्त स्थानमा भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ ।

इटहरीको टेक्निकलमा नेपाल इन्जिनियर्स एशोसिएसनका इं मोहन कार्की र विराटनगरमा टेक्निकल मिटमा इं उमा शंकर शाहको आतिथ्यतामा सम्पन्न भएको हो ।

राइनो ५००डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीकाविक्रि केन्द्र मार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएमतथा ४० एमएमआकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ ।

कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पुर्ण गर्न सघाव मिल्छ । उपभोक्ताले कम्पनीको देशभर रहेका विक्रि केन्द्र मार्फत राइनो ५००डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरिद गर्न सक्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.