केपी ओलीलाई माधव नेपालको सुझाव-कान चिरेको जोगी नबन्नुस्, गणेश प्रवृत्तिबाट बच्नुस्

  २०७४ फागुन २७ गते १६:०६     विकासन्युज

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कान चिरेको जोगी नबन्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । ‘जनताले जुन जोगी आएपनि कानै चिरेको भन्ने गरेका छन्, अब प्रधानमन्त्री ओली त्यस्तो जोगी नबन्नुस, यो देश बनाउने अन्तिम अवसर हो’, नेता नेपालले भने । ओलीलाई विश्वासको मत दिन आग्रह गर्दै नेता नेपालले ओलीलाई आफ्ना वरिपरि घुम्ने गणेश प्रवृत्तिलाई त्यागेर राम्रा मान्छेलाई अघि सार्न पनि सुझाव दिएका हुन् ।

उनले देशलाई बनाउने अन्तिम अवसर ओलीको काँधमा आएकाले उचित सदुपयोग गरेर देश बनाउन आग्रह पनि गरे । उनले फोहर मैला व्यवस्थापनलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताए । शिक्षा, स्वास्थ्य, पुर्वाधार र नागरिकको चेतनास्तर बढाउन पनि सरकारले काम गर्नुपर्ने बताए । ओलीसँग चुस्त दुरुस्त राम्रो टिम रहेकाले देश निर्माण नै हुने अपेक्षा पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.