सेयर बजार ३१ अंकले घट्यो, दुई कम्पनीका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी

  २०७४ फागुन २७ गते १५:३०     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार निरन्तर ओरालो लागेको छ । सो दिन बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ ।

बजारमा परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । आइतबार जम्मा १६० कम्पनीको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

आइतबार २ कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशत गिरावट आएको छ । सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । सो दिन यस संस्थाका लगानीकर्ताले ९.३८ प्रतिशत गुमाएका हुन् । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि अघिल्लो दिनको तुलनामा ९.३३ प्रतिशत गुमाएका छन् ।

सो दिन कारोबारमा आएका सबै समूहका परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक २४३ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छन् । फाइनान्स समूह ८ अंकले ओरालो लागेको छ ।

आइतबार गुमाउने १० कम्पनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.