गण्डकी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी २ अर्ब ७५ करोड पुग्ने

  २०७४ फागुन २७ गते १५:११     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले सेयरधनीलाई १९ दशमलब ३१०६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

बैंकले गत आवको संचित मुनाफा र हाल जारी गरेको हकप्रद पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । कम्पनीले जारी गरेको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीको प्रस्तावित उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.