चैत पहिलो हप्ता सार्क विजनेश लिडर्स कनक्लेभ

  २०७४ फागुन २७ गते १४:५८     विकासन्युज

काठमाडौं । चैत २, ३ र ४ गते छैठौं ‘विजनेश लिडर्स कनक्लेभ’ हुने भएको छ । नेपालसहित विभिन्न सार्कमा आबद्ध मुलुकहरुको व्यापपार व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कनक्लेभ सार्क चेम्बर आफ कमर्श एन्ड इण्डस्ट्रिज (सार्क सीसीआई) ले गर्ने भएको हो ।


राजधानीमा आइतबार सार्क सीसीआईले पत्रकार सम्मेलन गरी उक्त सञ्चालन हुने सभाको बारेमा जानकारी दिएको थियो । सम्मेलनमा सार्क सीसीआईका अध्यक्ष सुरज वैद्यले नेपालको लागि उक्त सभा महत्वपूर्ण हुने बताए । सभामा सार्क मुलुकका वाणिज्य मन्त्रालयको प्रतिनिधि, विभिन्न सार्क स्थित चेम्बरका प्रतिनिधि, विजनेश कमिटी, नीति निर्माता लगायतको महत्वपूर्ण उपस्थिति रहने जानकारी दिए । ‘सार्क क्षेत्रको कृषि, उर्जा, सडक लगायतको विकासको सम्बन्धमा छलफल हुनेछ,’ उनले भने ‘हाम्रो टिमले सार्क क्षेत्रका युवाहरुबाट धेरै नै अपेक्षा गरेको छ ।’ नेपाल, भारत, बंगलादेश, भुटान लगायत सार्कमा आबद्ध आठ मुलुकको विभिन्न आर्थिक मुद्धाहरुमा विस्तृत छलफल गरिने उनको भनाइ छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मुलुकको सबैभन्दा ठूलो बजार सार्कसँगको रहेको बताए । नेपालको व्यापारमा उक्त सभाले नयाँ कोर्ष लिने उनको विश्वास छ । ‘सभालाई हामीले अवसरको रुपमा लिन पर्दछ,’ उनले भने ‘सार्क मुलुकहरुको विजनेश टप लिडरहरु आउने भएका छन् । वीटुवी मिटिङ सञ्चालन हुनेछ ।’ नीति निर्माण गर्नेदेखि त्यसको कार्यान्वयनसम्म सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको उनको भनाइ छ ।

आयोजकले सभामा मुलुकबाहिरबाट करिब २ सयको संख्यामा डेभलपर, डेलिगेटर, स्पीकर लगायतको उपस्थिति हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.