ओम डेभलपमेन्ट बैंकको १७.६९ प्रतिशत बोनस पारित, सञ्चालकमा ६ जना निर्वाचित

  २०७४ फागुन २५ गते १८:००     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको १७.६९ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले आ.व. २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आ.व.मा १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै, बैंकले सो अवधिमा ३९ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले गत आर्थिक वर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको वृद्धि गरेको हो ।

सभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ । बैंकले सुशीलकुमार गोशली, राजेन्द्रकुमार बाटाजु र बिजय मल्ल, योगेन्द्रलाल प्रधान, श्रीकृष्ण रेग्मि र कर्मकुमारी गुरुङ्गलाई सर्वसम्मतिले निर्वाचित गरेको हाे।

निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशीलकुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.