प्रथम भ्याली तेक्वान्दो च्याम्पियनसिप मनमैजु डोजाङले जित्यो

  २०७४ फागुन २५ गते १५:५७     विकासन्युज

काठमाडौं । प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ ।

एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैंसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको प्रतियोगितामा मनमैजु डोजाङ ७ स्वर्ण ३ रजत र ५ काश्यसहित टिम च्याम्पियन बनेको हो ।

त्यसैगरीै ६ स्वर्ण ४ रजत र ७ काश्य जितेको चुनीदेवी डोजाङ टिम द्धितिय तथा ४ स्वर्ण ५ रजत र ३ काश्य जितेको माइती नेपाल टिम तृतिय स्थान हासिल गरेको छ ।

च्याम्पियन बनेको मनमैजुले २० हजार पुरस्कार प्राप्त गर्यो भने दोस्रो भएको चुनीदेवीले १५ हजार तथा तेस्रो भएको माइती नेपालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.