एक सय रुपैंयाँमा आइपीओ किन्ने दिन सकिँदै, ‘फ्रि प्राईसिङ’को तयारी अन्तिम चरणमा

  २०७४ फागुन २५ गते ११:४७     नारायण पौडेल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशन(आइपीओ)मा फ्रि प्राइसिङको मोडल अघि सार्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उत्पादन मुलक उद्योगहरुलाई पूँजी बजारमा प्रोत्साहन गर्ने उदेश्यले फ्री प्राइसिङको व्यवस्था गर्न लागेको जानकारी दिए । ‘अब हामीले आईपीओ पनि फ्री प्राइसिङमा जाने तयारी गरिरहेका छौं जसले गर्दा रियल सेक्टर पूँजी बजारमा प्रोत्साहित हुनेछ ।’, बोर्डका अध्यक्ष डा. कार्कीले भने ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७३/७४ को बजेटबाटै पूँजी बजारमा आउने उत्पादन मुलक कम्पनीहरुलाई आयकरमा १५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । तर राम्रो गुडविल र नाफा कमाईरहेका कम्पनीहरुले एक सय रुपैंयाँ मूल्यमा सेयर बेचेर पूँजी बजारमा आउन नचाहेपछि बोर्डले फ्री प्राइसिङको मोडल अघि सार्न लागेको हो । ‘राम्रा उत्पादन मुलक कम्पनीहरु एक सय रुपैंयाँ मूल्यमा पूँजी बजारमा प्रवेश गर्न चाहाँदैनन्, त्यसैले पनि फ्रि प्राइसिङ अनिवार्य छ’, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापति भने ।

पूँजी बजारमा एक सय रुपैंयाँ भन्दा बढि मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियालाई प्रि प्राइसिङ भनिन्छ । नेपाल टेलिकमले यस अघि नै फ्री प्राइसिङकै मोडलमा सेयर बेचेको थियो । बोर्डले एफपिओको मूल्य निर्धारण गरे जस्तै आइपीओमा फ्रि प्राईसिङका लागि पनि विभिन्न मोडलहरु तयार पारिसकेको जनाएको छ । ‘हामीले एफपीओमा जस्तै आइपीओ पनि फ्री प्राइसिङमा जाँदा के के आधारमा मूल्य निर्धारण गर्ने भन्नेबारे खाका तयार गरिसकेका छौं’, कार्कीले भने ।
अब एनसेल लगायतका कम्पनीलाई पूँजी बजार प्रवेशका लागि सहजता थपिनेछ ।

कम्पनी ऐनको पछिल्लो संसोधनले १० करोड भन्दा बढि चुक्ता पुँजी भएका दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुलाई २ बर्षभित्र सूचिकृत हुनै पर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.