चीनको पर्यटन आम्दानी मात्रै ५ खर्ब ४६ अर्ब युआन

  २०७४ फागुन २५ गते १०:३९     विकासन्युज

काठमाडौं । छिमेकी देश चीनले पर्यटन व्यवसायबाट एक वर्षमा ५ खर्ब ४६ अर्ब युआन आम्दानी गरेको छ । गएको वर्ष चीनले २९ करोड ७० लाख पर्यटकबाट सो रकम आम्दानी गरेको हो ।

पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो ।

यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय आर्जनलाई बढाउने बेइजिङको उद्देश्य रहेको बताइएको छ ।

साथै यस वर्ष १४४ घण्टाको प्रवेशआज्ञालाई बढावा दिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।-रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.