टोयोटा विरुद्ध अमेरिकामा मुद्दा दायर, कमसल सामाग्री प्रयोग गरेको आरोप

  २०७४ फागुन २४ गते १७:५१     विकासन्युज

काठमाडौं । अमेरिकामा टोयोटा मोटर कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेको भन्दै उपभोक्ताहरुले अमेरिकी अदालतमा मुद्धा दायर गरेका छन् । उपभोक्ताहरुले टोयोटा कम्पनी र कोब स्टिल प्रालि विरुद्ध मुद्धा दायर गरेका हुन् ।


सवारी उत्पादन गर्दा कमसल फलाम प्रयोग गरेको भन्दै उनीहरु अदालत गएको बेलायती समाचारसंस्था रोयर्टसले जनाएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको प्रान्तीय अदालतमा क्यालिफोर्नियाका दुई टोयटा गाडी खरिद गरेका उपभोक्ताले उजुरी हालेका हुन् ।

अदालतमा दायर भएको उक्त उजुरीमा टोयोटाका प्रियुस, क्याम्रि, ल्याण्ड क्रुजर र लेक्सस गाडीमा निम्न गुणस्तरको स्टील, आल्मुनियम र कपर प्रयोग गरिएको दाबी गरिएको छ । यसका साथै उजुरीकर्ताहरुले टोयोटा र कोब स्टीलको अहिलेको गल्तीले अमेरिकी संघीय कानुन र गुणस्तर कानुनको उल्लंघन भएको दाबी गरेका छन् ।

‘हामीले अहिले सबै विवरण पाइसकेका छैनौं र हामीले यो विषयमा अनुसन्धान र अध्ययन थालिसकेका छौं’, कोब स्टीलका प्रवक्ताले रोयर्टसलाई बताए । यता टोयटाले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको समाचारमा उल्लेख छ ।

झण्डै ११२ वर्ष पुरानो जापानी फलाम उत्पादन कम्पनी कोबले कार, प्लेन र ट्रेन उत्पादक कम्पनीलाई फलाम सप्लाई गर्दै आएको छ । गत वर्ष मात्रै पनि कम्पनीले आफ्ना करिब ५ सय ग्राहकलाई कमसल सामाग्री आपुर्ती गरेको भनि स्वीकार गरेको थियो जसका कारण कम्पनीमाथि दबाब र आलोचना बढ्दै आएको छ ।

यो खुलासाभएपछि अप्रिलदेखि नै कावासाकी कम्पनीले भने कोबसंग आवश्यक फलाम नकिन्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.