एभरेष्ट बैंकले मनायो १०८ औं महिला दिवस

  २०७४ फागुन २३ गते १८:२१     विकासन्युज

काठमाडौं । १०८ औं महिला दिवसको अबसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिदै आइएको छ ।

बैंकले नर्भिक अस्पतालसँगको सहकार्यमा उक्त कार्यक्रम संचालन गरेको थियो । उक्त स्वास्थ्य क्याम्पमा २०० जना मानिसले विभिन्न विषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिक लगायतका रोग विषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए ।

अन्र्तक्रिया कार्यक्रमको संयोजन भने बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा)ले गरेका थिए । उनले कार्यक्रममा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने विषयमा जानकारी दिएका थिए ।
बैंकले हालसम्म ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.