फागुन २६ गते केटीएमले बाइक स्टन्ट प्रतिस्पर्धा गर्ने

  २०७४ फागुन २३ गते १८:५७     विकासन्युज

काठमाडौं । केटीएम बाइकले फागुन २६ गते अरेन्ज स्टन्ट (रोरिङ गेयर्स) प्रतिस्पर्धा गर्ने भएको छ । केटीएमले बाइकस्टन्ट सातदोबाटोस्थित स्वीमिङ कम्प्लेक्समा गर्न लागेको हो ।

बाइक स्टन्टका लागि स्लोभेनीयाबाट रोक बगारोज् नेपालमा आएका छन् । अष्ट्रेलियामा उत्पादन भएको केटीएम बाइक युरोपको नं. १ स्पोर्टस ब्राण्ड भएको कम्पनीले दाबी गरेको छ । यस बाइकलाई नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले नेपालमा ल्याएको हो ।

नेपालमा बाइक राइडिङ र स्टन्ट कल्चरले लोकप्रियता पाउदै गएको र बगारोज्को उपस्थितिले कार्यक्रमप्रति दर्शकमा थप आकर्षक बढ्दै गएको आयोजकले विस्वास लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.