दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् कर्णालीको समृद्धि हो – मन्त्री भण्डारी

  २०७४ फागुन २२ गते २०:२२     विकासन्युज

दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशको विकास र शान्ति बहालीमा कुनै सम्झौता नहुने बताए। उनले जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

दिगो विकासका लागि जुनसुकै नागरिकले दिएका राम्रा सुझाव र सल्लाह सहजै ग्रहण गरेर अगाडि बढ्ने पनि उनको भनाइ छ ।

कर्णाली प्रदेशको समृद्धिका लागि पहिलो काम दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् भएको उनले उल्लेख गरेका छन् ।

शपथ ग्रहण गरेको चौथो दिनमै शान्ति सुरक्षाको खाका तयार पारेर यो अभियान प्रदेशभर लैजाने सिलसिलामा पहिलो कार्यक्रम दैलेखमा गरिएको भण्डारीले स्पष्ट पारे ।

उनले भने – ‘कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण तयार गर्छौं । ठूला आयोजनाको जिम्मा लिएकाहरुले ढिलाइ गरे कालोसूचीमा राख्छौं ।’रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.