कालिका माइक्रोक्रेडिट बैंकको २१.२१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १० करोड नाघ्यो

  २०७४ फागुन २१ गते १६:२७     विकासन्युज

काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको २१.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको हालै सम्पन्न आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा २१.२१२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैंया बोनस पश्चात बैंकको पुँजी १० करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोराले बताएका छन् ।

साथै, सभाले बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिएको छ ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्वाचनबाट सञ्चालकहरुमा विश्वराज नेपाल र करुणा पोखरेल निर्वाचित भएका छन् ।

बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाको नाम कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड रहने गरि संशोधन गरेको छ । बोनस सेयर पश्चात जारी पुँजी तथा चुक्ता पुँजीमा बृद्धि भएर संस्थाको कार्य क्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बनाउनको लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.