२०७४ फागुन १८ गते १४:१७ ज्योति दाहाल
पूँजीवृद्धि हैन विधि चाहिँ समस्या बनेको हो । अब बढिसक्यो फिर्ता हुन्न । सेयर कमोडीटी हैन जुन तत्काल उपयोग नगरे नासिन्छ, मासिन्छ र आर्थिक मुल्य पनि सकिन्छ ।
यो स्वामित्व हस्तान्तरण मात्र भएकोले एकबाट अर्कोमा सर्दै जान्छ तर मासिन्न । आपूर्ति बढेर भाउ घटेको भन्ने हो भने यतिखेर यसको मूल्य घटेर परल भन्दा पनि तल आइसक्नुपर्ने थियो तर यस्तो स्थिति भएको छैन । अहिले भाउ घटेको छ यसको कारण हकप्रद र बोनसको लोभ र मोहमा परी आँखा चिम्लेर ओभर स्पेकुलेसन गर्दै शेयर किन्नु हो ।
अलिकती कम्पनीको साख, अलिकति स्पेकुलेसन र बढी भार प्रतिफललाइ दिएर लगानी गर्नेले कहिले पनि जोखिम लिनुपर्दैन ।
तर यहाँ प्रतिफल शून्य भएका कम्पनीको शेयरलाइ पनि बढी स्पेकुलेसनको भार दिइयो । समस्या यहीँबाट शुरू भएको हो ।
जति हकप्रद र बोनस आएपनि त्यतिबेला हकप्रद र बोनसपछि कम्पनीले गर्नसक्ने सम्भावित नाफा र दिनसक्ने प्रतिफल हेरेर लगानी गरेको भए अहिले आपूर्ति बढी भयो भन्दै अरण्यरोदन गर्नुपर्ने थिएन । शून्य प्रतिफललाई पनि कित्ताको लोभमा ५०० गुणा मूल्य तिर्ने आफैँ अनि प्रतिफल नदेखेपछि रुने पनि आफैँ ?
ऋणको मात्र ब्याजदर बढेको छैन बचतको पनि बढेको छ । एकातिर नबढी अर्को्तिर मात्र बढ्दैन । क्रिया र प्रतिक्रिया बराबर हुन्छ ।
४ गुणा पूँजी हालेको वर्षै्दिनमा उही पुरानै लाभ खोज्ने हामी नै हौं ।
२ अर्ब पूँजी हुँदा वार्षिक खूद नाफा ३० करोड भएका कम्पनीले अहिले ८ अर्ब हुँदा नाफा बढाएर वार्षिक ५० करोड पुर्याएको छ । परिमाण बढेको छ तर बढ्दो पूँजी अनुरुप गुणात्मक बढेन र बढ्दैन पनि । तर हामीलाई ८ अर्ब हुँदा पनि २ अर्ब बराबरकै प्रतिशेयर आम्दानी चाहिएको छ यो कसरी सम्भव हुन्छ ?
नाफा हुन्जेल केहि नदेख्ने अनि नाफा आएन भने फलानो ढिस्कानोले यसो गर्यो उसो गर्यो भनेर आलाप नगर्दा राम्रो हुन्छ ? शेयर लगानी जोखिमयुक्त हुन्छ भन्ने जान्दा जान्दै जोखिममा हाम फालेपछि वहन पनि आफैले गर्नुपर्छ । केन्द्रीय बैंक र धितोपत्र वोर्डले गरेन भनेर आलाप गर्नुको सट्टा के गर्नुपर्ने हो त्यो पनि बताउनु पर्यो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.