सिङगारपुरका ली हसिन बने धेरै तलब लिने प्रधानमन्त्री, ट्रम्पको भन्दा ४ गुणा बढी

  २०७४ फागुन १८ गते १४:२०     विकासन्युज

काठमाडौं । सिङगापुरका प्रधानमन्त्री ली हसिन लुङग विश्वकै सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री बनेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि भन्दै सिङगापुर सरकारले प्रधानमन्त्रीको तलब बढाएको हो ।


सिङगापुर सरकारले प्रधानमन्त्रीको तलब १.१ मिलियन सिङगापुर डलरबाट दोब्बर पारी २.२ मिलियन सिङगापुर डलर (१६ करोड ५६ लाख नेपाली रुपैंया) बनाइएको हो । वृद्धि भएको तलब विश्वमै जनताबाट निर्वाचित भएका जनप्रतिनिधिले खाने सबैभन्दा धेरै हो ।

यो तलब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा चार गुणा धेरै हो । अहिले डोनाल्ड ट्रम्पको ४ लाख अमेरिकी डलर करिब (४ करोड नेपाली रुपैंया)रहेको छ । तर ट्रम्पले आफ्नो तलब वापतको रकम सामाजिक संस्थालाई दान गरेका छन् ।

सिङगापुरको सरकारले प्रधानमन्त्रीको तलब कम हुँदा एसियन राष्ट्रमा भ्रष्ट्रचार बढेको कारण देखाउँदै तलब वृद्धि गरेको दाबी गरेको छ । प्रधानमन्त्रीको तलब वृद्धि हुँदा भ्रष्टाचार तर्फ प्रधानमन्त्रीको ध्यान जान नपाउने सिङगापुर सरकारले विस्वास लिएको छ ।

तर सिङगापुरका उपप्रधानमन्त्री टीओ ची हेइनले प्रधानमन्त्रीको तलब नबढ्ने दाबी गरेका छन् । ‘संसदले कुनै पनि मन्त्रीको तलब वृद्धि गरेको छैन्, वृद्धि हुने कुराले जनातमा राम्रो सन्देश जादैन’ अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग हेइनले भने । सिङगापुरमा तलब वृद्धिको विषयलाई जनता र बौद्धिक वर्गले समेत आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.