कृषि विकास बैंकद्धारा विभिन्न तीन संस्थालाई कृषि सामग्री हस्तान्तरण

  २०७४ फागुन १७ गते १६:३२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कषि क्षेत्र अन्तर्गत तरकारी उत्पादनमा क्रियाशिल बकण्डे ताजा तरकारी समुह, पशुपालन क्षेत्रमा सक्रिय रामेश्वर पशुपालन समुह र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरको छ । बैंकले डडेलधुरा उप-शाखाबाट आयोजित कार्यक्रममा उक्त बकण्डे ताजा तरकारी समूहलाई १५ ओटा क्रेट र १५ ओटा पानि झारी, रामेश्वर पशुपालन समुहलाई २ ओटा ग्रास चोपर मेसिन र उग्रतारा देवी कृषि सहकारी संस्थालाई ४ ओटा ग्रास चोपर मेसिन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लिला प्रकास सिटौलाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन बैंकले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै, उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा तथा उनीहरुको क्षमता बृद्धिका लागि विभिन्न वित्तिय साक्षरता एवम् तालिमहरु समेत प्रदान गर्दै आईरहेको समेत बताएका छन् ।

त्यसैगरी, बैंकका उपमहाप्रवन्धक शेषरमण आचार्यले डडेल्धुराको भित्रि मधेशक्षेत्र जोगबुढामा बैंकको शाखा खोल्न प्रवन्धक नियुक्त गरेर कार्यक्षेत्रमा पठाईसकेको बताएका छन् । उनले कृषकहरुलाई बैंकबाट लिएको क्रण सही रुपमा सदुपयोग गरी आयआर्जनमा बृद्धि गराउँदै समयमै कर्जा चुक्ता गर्न समेत कृषकहरुलाई आग्रह गरेका छन् ।

बैंकको क्षेत्रीय कार्यालय धनगढीका निर्देशक धुर्वचन्द्र गौतमले बैंकले सुदुरपश्चिम क्षेत्रमा किसानहरुको आर्थिक सम्बृद्धीका लागि सहुलियत दरमा कृषि कर्जा लगानी तथा बाली बिमा, पशु बीमा जस्ता कार्य समेत सञ्चालन गर्दै आईरहेको र सो कार्यलाई निरन्तरता दिने बताएका छन् ।

बैंकको डडेल्धुराका प्रवन्धक चक्रविर भण्डारीले डडेल्धुरा बैंकिङ्ग कार्यालयले कुल ग्राहक मध्ये ३७ प्रतिशत कृषि क्षेत्रमा संलग्न ग्राहकहरुलाई कर्जा लगानी गरेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.