स्पेन र जजिर्यालाई लगानी गर्न चेम्बरको आग्रह

  २०७४ फागुन १६ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले दुई छुट्टा–छुटै देशका प्रतितिधिहरुसँंग भेटवार्ता गरी आर्थिक विषयमा छलफल गरेको छ । नेपालका लागि जजिर्याका राजदूत आर्चिल डजोलिसभिल र स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर लुईस कार्लाेस क्युटो अलभरेज डे सोटोमेयरलाई बुधबार चेम्वरको आफ्नै भबनमा गरेको छुट्टाछुटै भेट गरी नेपालमा लगानी गर्न आग्रह गरे ।

ती भेटवार्ताहरुमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लामो राजनीतिक संक्रमणकाल अन्त भइ नेपालमा लगानीको लागि सुरक्षित वातावरण बनेको सम्बन्धमा जानकारी गराएका थिए । चेम्बरले कृषि, पर्यटन, हाडड्रो, खनिज तथा खनिजजन्य वस्तुहरुलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोले लगानी गर्न आग्रह गरे ।

नेपालका लागि जजिर्याका राजदूत डजोलिसभिलले नेपालसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रहेको बताइएको छ । उनले नेपालमा प्रविधि, आर्थिक लगानी लगायतका विषयमा सहकार्य गरी अगाडी वढ्न सक्ने सम्भावना औल्याएका थिए ।

त्यस्तै स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर सोटोमेयरले सहरको आर्थिक विकासमा नगरपालिकाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै काठमाडौं महानगरपालिकासँंग मिलेर सहकार्य गर्न र्दुइपक्षीय समझदारी भएको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.