स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई नेपाल मेडिसिटी हस्पिटलमा विशेष छुट

  २०७४ फागुन १५ गते १८:३७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुलाई विशेष ‘मेडिसिटी प्राइभी प्रोग्राम’ को निशुल्क सदस्यता उपलब्ध गराइनेछ । सदस्यता प्राप्त गर्नेले मेडिसिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छूट तथा निशुल्क पहिलो स्वास्थ्य परामर्श, टेली–परामर्श, स्वास्थ्यमा पहुँचसम्बन्धि कुराकानी एवं सचेतता जाँच जस्ता सेवा पाउनेछन् ।

बैंकले आफ्ना प्राथमिकता प्राप्त ग्राहक एवं डेबिट र क्रेडिट कार्ड ग्राहकहरुका लागि सेवा उपलब्ध गराउन हस्पिटलसँग समझदारी गरेको हो ।

मेडिसिटीले नेपालमैं पहिलोपटक प्रिमियम मेडिकल प्याकेज ‘अभिभावकप्रति समर्पित’ सार्वजानिक गर्दैछ । बैंकको हस्पिटलसँगको रणनीतिक साझेदारीअन्तर्गत, बैंकका ‘सिल्भर जेनेरेसन’ (विशेष ग्राहक) र उनका अभिभावकहरुलाई विशेष हेरचाहको प्याकेज सेवा निशुल्क प्रदान गरिनेछ । बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुले पनि ‘अभिभावकप्रति समर्पित’ प्याकेजमा ६० प्रतिशतभन्दा बढीको छुट पाउनेछन् ।

सम्झौताअनुसार बैंकको डेबिट र क्रेडिट कार्ड लिएकाहरुले समेत हस्पिटलले प्रदान गर्ने सेवामा ७ प्रतिशतको छुट पाउनेछन् । यद्यपि, औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण सामाग्री एवं चिकित्सकको परामर्श शुल्कमा भने यो छुट नपाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.