सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलाद बिच रेमिटान्स सम्झौता

  २०७४ फागुन १४ गते १६:५४     विकासन्युज

काठमाडौं । साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु गर्ने सम्झौता भएको छ । उक्त सम्झौता सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु बाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् ।

अल बिलाद बैकंले सिटी एक्सप्रेसँंग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिएका छन् ।

सिटी एक्सप्रेसले हालसम्म ५५०० भन्दा बढि रेमिट एजेन्टहरुबाट नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.